Tuesday, 13 July 2010

एक अनुठो पद चिन्न सुपा देवी देउराली मा

आज भन्दा कयौ वर्ष अगाडी को कुरा हो रे एउटा लाहुरेले भारत मा आउदा अर्घाखाँची सुपा देवी मन्दिर मा आफ्नो मन को इछा पुरा गर्न को लागि मन्दिर अगाडी हात जोड्दै भनेछ (हे सुपा कि देवी मा म लाहुर गए पछी मलाई राम्रो फौजी मा नोकरी मिलोस अनि तिमी लाई आए पछी एउटा बाख्रा को पाठी दिने छु) भनेर भकल गर्दै भारत तर्फ आएछ  रे अनि भारत मा फौजी को नोकरी पनि मिलेछ  रे अनि फेरी घर फर्कदा २ फेर देवी लाई छकाइ अर्को बाटो लागे छ अनि ३ फेर को बीच मा देवी मा छकाइ मन्दिर देखि उब को बाटो लागेछ रे अनि अन्तिम मा  देवी फौजी संग  रिसाई सुपा कि देवी मा ले ढुंगा को पहरा मा फौजी लाई टासे कि रे I   म हजुर लाई तस्विर मा पर्स्तुत गर्दै छु I ति कुरा हरू  मैले गाउँ का बुढा पुराना गाउँले भने गर्थे I बास्तविक आधरित मा सचाई के भने त्यो कुरा लाई म अजै पनि अन्जान छु र जुन मैले बाल्य काल देखि सुनी आए को कुरा लाई हजुर को अगाडी पर्स्तुत गर्न मन लागेर पेस गर्दै छु र म फेरी अर्को पत्र मा यसको गहिराई लाई समेटी धार्मिक गर्न्ध को बास्तविकता लाई लिएर आउने छु I यो मेरो अर्घाखाँची अर्घातोष (चिदीपानी) लक्ष्मन् नेपाली को बाल्य काल मा सुने को कुरा हो येस्मा केहि गल्ति भए माफ गरि दिनु होला I

अनि सुपा देवी मा बास्तबिकता के हो मलाई थाहा छैन र म दुइ हात जोडी प्रणाम गरि हजुरले  सधै मेरो रक्षा गर्नुहुन्छ  येही मेरो सत्यता को आधिरित हो I  

With Regards 

laxman 
Arghakhanchi Arghatosh (Chidipani)

Wednesday, 24 March 2010

एक अनौठो दृश्य सुपा देवी देउराली जहाँ तपाइले आँखा बंद गरी विस्वास गर्नु होस् है




हो अर्घाखाँची सुपा देवी देराली जहाँ हजुर को मनको इच्छा पुरा गर्न देवी देउराली नेपाल मा प्रचलित हुन पुगे को छ र अर्घाखाँची मा प्रथम तिर्थ इस्थान हुन गइ अर्घाखाँची को अजै सोभा बढाई रहेको छ गगनचुम्ने पहाड को बिचमा रहे को हुदा दर्शक हरु को मन, अनौठो दृश्य ले फेरी आउने बनाइदिहाल्छ I
दर्शक हरु ले तिहा आउदा आफ्नो इच्छा पुरा गर्न को लागि बाख्रा को पाठी लिएर बलि दिने गर्छन I तर आफ्नो इच्छा पुरा गर्नको लागि अरु को जीवन हत्या गर्न सायद ठिक न होला तेसैले मा भन्दछु कि बलि दिनु भन्दा तेहा आउदा नारिअल, फुलपाती अछेता साथ मा लिएर पूजा गर्दा राम्रो होला र सुपा देवीमा खुशी भइ हजुर को इच्छा पुरा गर्नुहुने छ I कसै को हत्या गरी देवी को नाम म़ा आफ्नो इच्छा पुरा गर्नु पर्ने कुनै कुरा छैन होला जस्तो म लक्ष्मन् नेपाली (अर्घाखाँची अर्घतोष चिदीपानी) लाई लाग्छ I हुन सक्छः मैले लेखे का कुरा हरु गलत होलान, तर एक पल्ट दर्शक हरु सुपा देवी को दर्शन गरी म़ा को आशिर्बाद लिन चाही न भुल्नुहोस I
With Regards
Laxman Nepali
Arghakhanchi Arghatosh (Chidipani)